Latest News


संचार माध्यमहरुमा आएको समाचार सम्बन्धि प्रेस विज्ञप्ती


प्रिक्सा टेक्नोलोजीज द्वारा जारी

प्रेस विज्ञप्ती

            

यस प्रिक्सा टेक्नोलोजीजले विकास गरेको Adalytics Software को सम्बन्धमा केहि अनलाइन संचार माध्यमहरुमा आएको भ्रमपूर्ण समाचारहरुले यस कम्पनीको गम्भिर ध्यानाकर्षण भएको छ ।


प्रिक्सा टेक्नोलोजीज विगत पाँच वर्षदेखी विध्यमान कानुनी व्यवस्था बमोजिम आवश्यक स्वीकृति प्राप्त गरी नेपाल सरकारको मातहतमा रहेका सम्बन्धित कार्यालयहरुमा दर्ता भई निरन्तर रूपमा देशका प्रतिष्ठित अनलाईन समाचार पोर्टल एवम् विभिन्न संघसंस्थाहरुलाई आग्राणी सेवा प्रदान गर्दै आएको छ।


यस कम्पनीले नेपाली अनलाईन विज्ञापन क्षेत्रलाई व्यवस्थित ढंगले अगाडि बढाउनको लागि भनेर Adalytics Softwareलाई विज्ञापनदाताहरु समक्ष प्रस्तुत गर्दै आइरहेको छ। Adalyticsले विभिन्न अनलाईन पोर्टलमा राखिने Banner तथा GIF Ad (विज्ञापन)हरुको Impression, Clicks, Browser Information, Device Used को तथ्याङ्क विज्ञापनदाताहरुलाई प्रदान गर्ने गरेको  विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था तथा प्रोजेक्टहरुको अनुभब भएका इन्जिनियारहरु द्वारा निर्मित, र साइबर सुरक्षा विज्ञहरुद्वारा जाँच गरिएको यस Adalytics सफ्टवेर नेपालको राष्ट्रिय साइबर सुरक्षा नीति एवम् अन्य कानुनसँग पूर्ण रुपले अनुपालना गरेको छ विवरणहरु अनामीकृत रुपमा लिने हुँदा यसले कुनै व्यक्ति विशेषको डाटा लिन सक्दैन । साथै प्रिक्सा टेक्नोलोजीज अनलाईन पोर्टल र यसका प्रयोगकर्ताहरुको Data Privacy प्रति पूर्णरुपले सचेत रहेको छ, र प्रिक्सा जस्तो गरिमामय संस्थाले डाटा चोरी गर्ने कुरा जस्तो भ्रामक कुरालाई बढावा नदिन आग्रह गर्दछ ।


यस विषयमा केही अनलाईन  पोर्टलहरुमा आएको समाचारप्रति थप केहि कुरा स्पष्ट गराउन चाहन्छौँ। Adalyticsले कुनैपनि अनाधिकृत रुपमा AD Publisher Website तथा प्रयोगकर्ता (User)हरुको डाटा लिने वा दिने गरेको छैन। Web Browserहरुले समेत् कुनै पनि सफ्टवेयर वा प्रणालीलाई  प्रयोगकर्ताहरूको बारेमा जानकारी प्राप्त गर्न सीमित गर्दछन। यसैगरी विज्ञापन हाल्नेक्रममा दिइने कोड र यसबाट प्राप्त हुने के-के तथ्यांक हो भन्ने बारे कुरा Adalyticsको Terms of Service र Privacy Policyमा राखिएको छ । यसका साथै तोकिएका बाहेक डाटा नलिने कुरा प्रिक्सा र विज्ञापनदाता कम्पनी बीच हुने सम्झौता पत्रमा प्रष्टरुपमा खुलाइएको हुन्छ । 


नेपाल सरकारको राष्ट्रिय साइबर सुरक्षा नीति एवम् अन्य कानुनसँग पूर्ण रुपमा जानकार भई आफ्नो कार्यसंचालन गर्ने भएकाले यदी विज्ञापनदाताहरुको आफ्नै विज्ञापनको तोकिएका तथ्यांक बाहेक, अरु प्रयोगकर्ताहरुको कुनैपनि किसिमको निजी तथा नाजुक Dataको निकासी र बेचबिखन गरेको पाइएमा कानुन बमोजिमका प्रक्रियाहरुमा जान कम्पनी तयार रहेको कुरापनि जानकारी गराउदछौँ ।


यही विषयमा हाम्रो कम्पनीसँग हाम्रा सफ्टवेर साझेदार संस्थाहरुको पनि नाम जोडिन गएकोमा हामी दु:ख व्यक्त गर्दछौ । यस विषयमा कुनै थप प्रश्न वा गुनासो भएमा, सोझै प्रिक्साको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ । अनत्यमा हामी हाम्रा समर्थकहरू र शुभचिन्तकहरूलाई हामीलाई साथ र हौसला प्रदान गर्दै आउनुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छौं।


धन्यवाद ।

 

प्रिक्सा टेक्नोलोजीजका लागि,

प्रयास राज कोइराला,

प्रमुख , व्यापार प्रवर्धन