Latest News


Prixa Adalytics v2.1.0 Launched



प्रिक्सा टेक्नोलोजीज द्वारा जारी

प्रेस विज्ञप्ती


विगत पाँच वर्षदेखी सूचना प्रविधि क्षेत्रमा सक्रिय रहिआएको, यस प्रिक्सा टेक्नोलोजीजले गत २०७६ असोज २७ बाट प्रिक्सा एडलीटिक्स सफ्टवेर (Prixa Adalytics Software) बजारमा ल्याएको छ।


Advertiser Publisher Relationship Management (APRM) प्रणालीमा आधारित एडलीटिक्स सफ्टवेर नेपालमै पहिलो पटक निर्माण गरिएको यस्तो सफ्टवेर हो जसले विज्ञापनदाता र अनलाइन संचार पोर्टलको (प्रकाशकको) कार्यसंचालन र सम्बन्धलाइ व्यवस्थित गर्ने फिचरहरु उपलब्ध गराएको छ।


एडलीटिक्सको अत्याधुनिक प्रविधिको मद्दतले विज्ञापनदाताहरुले आफ्नो विभिन्न अनलाइन पोर्टलहरुमा भईरहेका ब्यानर तथा जि.अई.एफ विज्ञापन (GIF AD) हरुको इम्प्रेसन (Impression), क्लिक (Click), र युजर (User)को तथ्याङ्क  लिन सकिनेछ । यस अर्थमा इम्प्रेसन भन्नाले एउटा विज्ञापन कति पटक हेरियो भन्ने हो भने क्लिक भन्नाले कतिजनाले सो विज्ञापनमा क्लिक गरे भन्ने विवरण हो । त्यसै गरि युजरको तथ्यांक भन्नाले कतिजनाले सो विज्ञापन हेरे भन्ने हो  । यसका साथै यसले विज्ञापनदाताहरुलाई पाठक/दर्शकहरुले प्रयोग गरेको उपकरण (Mobile, Desktop or Tablet Device) तथा वेब ब्राउजर (Web browser used)को तथ्यांक पनि प्रस्तुत गर्दछ। एडलीटिक्सले विज्ञापनदातालाई विभिन्न अनलाइन पोर्टलहरुमा राख्ने डिजिटल विज्ञापनहरुलाई आफैले राख्ने, मिलाउने र हटाउने फिचर प्रदान गर्दछ। विज्ञापनदातालाई आफ्ना विभिन्न अनलाइन पोर्टलमा रहेको सम्पूर्ण विज्ञापनको प्रगति तुलना गरी आफ्नो बजेट उपयोगिता विश्लेषण गर्नमा एडलीटिक्सले ठुलो सहयोग गर्नेछ ।


एडलीटिक्सले अनलाइन विज्ञापनदातालाई मात्र नभई प्रकाशकहरुलाई पनि आफ्नो पोर्टलको विभिन्न ठाउँमा राखिने विज्ञापनको प्रगति मापन र मूल्यांकन गर्न सहयोग गर्दछ।


हालसम्म केहि विज्ञापनदाता एवम् अनलाईन पोर्टलहरुको सहकार्यमा एडलीटिक्सको सफल परीक्षण गरि यस सफ्टवेर प्रयोगमा पनि आइसकेको छ ।


विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था तथा प्रोजेक्टहरुको अनुभव भएका इन्जिनियारहरु द्वारा निर्मित, साइबर सुरक्षा विज्ञहरुद्वारा जाँच गरिएको यस एडलीटिक्स सफ्टवेर नेपालको राष्ट्रिय साइबर सुरक्षा नीति एवम् अन्य कानुनको पूर्ण रुपले अनुपालना गरको छ।   तसर्थ डाटा प्राइभेसीलाई विशेषरुपमा ध्यान दिई यसको निर्माण गरिएको छ ।


देश डिजिटल तथा डाटाको युगतर्फ अघिबढिरहेको बेला, एडलीटिक्सले अनलाइन विज्ञापन क्षेत्रमा फड्को मार्ने विश्वास प्रिक्सा टेक्नोलोजीजले राखेको छ। यस प्रणालीको बारेमा थप जानकारी लिन चाहनु भएमा प्रिक्सा टेक्नोलोजीजको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ।


धन्यवाद ।

 

प्रिक्सा टेक्नोलोजीजका लागि,

प्रयास राज कोइराला,

प्रमुख, व्यापार प्रवर्धन


http://bizpati.com/technology/30980

https://lokaantar.com/samachar/90079

https://ratopati.com/story/104159/2019/10/24/prixa-adalytics-software-

http://thahakhabar.com/news/82421

https://farakdhar.com/story/19813

https://ictsamachar.com/news-details/1831/2019-11-05